जोगबुदाबाट धनगढी जाँदै गरेको इभि हाइस र बस ठोक्किँदा तीन घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली — डडेल्धुराको जोगबुडाबाट धनगढीतर्फ जाँदै गरेको इभि हाइस र बझाङतर्फ गइरहेको यात्रुबाहक बस एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

Dadeldhura Hospital

कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा शनिबार बिहान करिब १०:३० बजे सुदूरपश्चिम प्रदेश ०२००१६/१२५२ नम्बरको बस र प्रदेश ०२००१ ज ५०७ नम्बरको इभि हाइस एक आपसमा ठोक्किएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर इभि हाइसमा सवार डडेल्धुराको परशुराम नगरपालिका–१२ की ९ वर्षीया प्रतिक्षा सिजा मगर, २६ वर्षीय चालक कमल धामी र बसमा सवार कञ्चनपुर कृष्णपुर नगरपालिका–१ की ३० वर्षीया निर्मला भट्ट घाइते भएका छन्।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि धनगढी पठाइएको छ। इभि हाइस र बसमा सवार अन्य यात्रु सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.