करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछाम : करेन्ट लागेर अछाममा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटका ४५ वर्षीय वीरे साउँद रहेका छन्।

Dadeldhura Hospital

वडास्तरीय दलित सञ्जालको भवन मर्मतको क्रममा पुरानो कर्कटपाता हटाउँदै नयाँ छाउने क्रममा विद्युत् मेन लाइनमा कर्कटपाता छोइएपछि करेन्ट लागेर सोमवार बिहान साउँदको मृत्यु भएको वडाध्यक्ष संजु थापाले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मृतकका भतिजा शंकर साउँदका अनुसार घटनाको बेला पानी परिरहेको थियो। वीरे साउँद मिस्त्रीका रूपमा काम गर्दै आएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.