सुर्खेतमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सुर्खेत — सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा चट्याङ लाग्दा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब ३ बजे बिरबहादुर थापाको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ पर्दा डिलबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Dadeldhura Hospital

गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त घटनामा पर्वत विक, हुमबहादुर थापा, नविन विक र सुनिता गिरी सामान्य घाइते भएका छन्। उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरीले जानकारी दिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली घटनास्थलमा खटाइएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.