अजयमेरू गाउँपालिकाबाट शान्ति सुरक्षाका लागि प्रहरीलाई तीन रोपनी जग्गा सहयोग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: सुरक्षा सुदृढीकरण र सार्वजनिक सेवाको प्रभावकारिता बढाउने उद्देश्यसहित अजयमेरू गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई ३ रोपनी जग्गा प्रदान गरेको छ।

आज मंगलबार एक कार्यक्रमकाबीच पालिकाले प्रहरीलाई जग्गा हस्तान्तरण गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रम अजयमेरू गाउँपालिका वडा नं. ३ का अध्यक्ष रमेशप्रसाद बाहुनको अध्यक्षतामा सम्पन्न भयो।

Dadeldhura Hospital

कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट प्रमुख अतिथिको रूपमा सहभागी थिए भने उपाध्यक्ष बसन्ती पाल, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठ, मालपोत कार्यालय डडेल्धुराका प्रमुख कमलापति भट्ट लगायत स्थानीय प्रतिनिधिहरू र सुरक्षाकर्मीहरूको उपस्थिति थियो।

गाउँपालिका अध्यक्ष भट्टले प्रहरी प्रशासनको भौतिक पूर्वाधार अभावका कारण देखिएको समस्या समाधानतर्फ स्थानीय सरकारले जिम्मेवारी बोध गर्दै सहयोग पुर्‍याएको बताए।

डीएसपी श्रेष्ठले गाउँपालिकाको यो योगदानले प्रहरी सेवामा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे।

जग्गा हस्तान्तरणसँगै नापी तथा मालपोत प्रक्रिया अघि बढाइने जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.