काठमाडौं — हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य क्षेत्रमा सरदर स्थानभन्दा अलि उत्तरतिर पुगेको छ भने पूर्वी भागमा सरदर आसपासमै रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहेको र कतिपय ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो र राति देशभर सामान्य बदली रही अधिकांश पहाडी भेगमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ भने उच्चपहाडी तथा हिमाली भेगमा हिमपात हुन सक्ने विभागले जनाएको छ।
