जोगबुडामा प्रशासन प्रमुखको पद पूर्ति, भोलि देखि नियमित सेवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : महिनौँदेखि कार्यालय प्रमुखविहीन रहेको डडेल्धुराको जोगबुडा इलाका प्रशासन कार्यालय भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।

Dadeldhura Hospital

इलाका प्रशासन कार्यालय जोगबुडामा कमलराज उपाध्याय नयाँ कार्यालय प्रमुखका रूपमा  (भोलि) दिउँसो १२ बजेदेखि कार्यभार सम्हाल्ने सूचना सार्वजनिक भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

परशुराम नगरपालिकाका प्रमुख भरत जोशीको सचिवालयले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मार्फत यो जानकारी सार्वजनिक गर्दै भोलिदेखि कार्यालयले नियमित सेवा प्रवाह गर्ने जनाएको हो ।

गत असार यता कार्यालय प्रमुख नहुँदा नागरिकता , राहदानी , जग्गा प्रमाणिकरण लगायतका सेवा लिन आएका स्थानीयवासी हैरानीमा परेका थिए। अब उपाध्यायको पदस्थापनसँगै ती समस्या समाधान हुने स्थानीयवासीले अपेक्षा गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.