३ भदौ, किरिया बसेको एक घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका ६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ खसेको हो । पालबहादुरको घरमा चट्याङ खस्दा किरियाको काममा सघाउन आएका छिमेकी दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो ४स्२० बजेको समयमा परेको चट्याङ लागेर अन्य ७ जना घाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि मनहरी अस्पताल मकवानपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ ।
