आलितालको उणीकोटमा अस्थायी प्रहरी पोस्ट स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिका–२ उणीकोटमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ। शनिवार एक कार्यक्रमका बीच उक्त प्रहरी पोस्टको विधिवत् रूपमा उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, विशिष्ट अतिथि आलिताल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर देउबा र प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंह रहेका थिए। त्यसैगरी, कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, गुरुजन तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्यक्रममा बोल्दै वक्ताहरूले अस्थायी प्रहरी पोस्टको स्थापना पछि स्थानीय स्तरमा शान्ति–सुरक्षा, अमनचयन र कानुनको पालना सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनीहरूले समाजमा फैलिँदै गएको अवैध मदिरा उत्पादन तथा बिक्री, जुवातास, क्यारम बोर्ड जस्ता गतिविधि र अवैध सामानको ओसारपसार नियन्त्रणमा यो पोस्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

स्थानीय बासिन्दाले पनि प्रहरी पोस्ट स्थापना भएपछि सुरक्षाको अनुभूति बढ्ने र समाज सुशासनतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

उणीकोटमा स्थापना गरिएको अस्थायी प्रहरी पोस्टले आलिताल गाउँपालिका वडा नं. २ का सम्पूर्ण बासिन्दाको सुरक्षासँग सम्बन्धित कामलाई सुदृढ पार्ने र सभ्य, अनुशासित समाज निर्माणमा योगदान पुर्‍याउने जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.