बहुउद्देश्यीय सहकारीद्वारा दिवंगत सदस्यका परिवारलाई आर्थिक सहयोग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, आलिताल शाखामा कारोबार गर्दै आउनु भएकी परशुराम नगरपालिका–०१ गेरडे स्थित केन्द्र नं. ०२४०३८०७ की सदस्य मीना कामीका श्रीमान् स्व. रमेश कामीको असामयिक निधनप्रति सहकारीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ।

Dadeldhura Hospital

सहकारी संस्थाले श्रद्धाञ्जली सभाको आयोजना गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको हो। सो अवसरमा सहकारी संस्थाको सदस्य सुरक्षा कोष तथा कर्जा मिनाहा सुविधा बापत सदस्य मीना कामीलाई रु. ३,०८,८८३।– (तीन लाख आठ हजार आठ सय त्रियासी रुपैयाँ) बराबरको चेक हस्तान्तरण गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रममा सहकारीका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा कठिन घडीमा परिवारलाई साथ दिने सहकारीको प्रतिबद्धता दोहोर्‍याइएको थियो। सहकारीले भविष्यमा पनि आफ्ना सदस्यहरूको सुख–दुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जाने जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.