डडेल्धुराको परशुराममा ट्याक्टर–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जोगबुढा–दैजी सडकखण्ड अन्तर्गत जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीका अनुसार आज शनिवार साँझ करिब ६ः३० बजे से २ त १४७४ नम्बरको ट्र्याक्टर र म १ प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

ट्र्याक्टर डडेल्धुरा सतघाट घर भई हाल परशुराम नगरपालिका क्षेत्रका ३२ वर्षीय सुरेश भट्टले चलाइरहेका थिए भने मोटरसाइकल परशुराम नगरपालिका–१२ पन्तुरा निवासी २७ वर्षीय नबिन साउदले चलाइरहेका थिए।

Dadeldhura Hospital

दुर्घटनामा मोटरसाइकल चालक नबिन साउद र मोटरसाइकलको पछाडि सवार ६ तातापानी घर भई हाल परशुराम नगरपालिका–१२ जोगबुढा बस्ने ३५ वर्षीय मान जाग्री गम्भीर घाइते भएका थिए।

घाइते दुबै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि साँझ करिब ७ः२० बजे डाक्टरले दुबै जनालाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ट्र्याक्टर र मोटरसाइकल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजतलास कार्य जारी रहेको डडेल्धुरा प्रहरीले जनाएको  छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा ८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट करिब ८ किलोमिटर दक्षिणमा पर्दछ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.