केशव स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन आज, ८ टिम सहभागी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजना हुन लागेको केशव स्मृति क्रिकेट प्रतियोगिता–२०८२ को आज औपचारिक उद्घाटन हुँदैछ। पहिलो पटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।
आज हुने प्रारम्भिक खेलहरू यस प्रकार रहेका छन्—
पहिलो खेल वडा नं. ३ को कार्यालय र आलिताल गाउँपालिका बीच हुनेछ।
दोस्रो खेल आलिताल इन्जिनियरिङ र दिप्ती स्टेशनरी बीच हुनेछ।
तेस्रो खेल एस.एच. बिल्डर्स र वडा नं. ४ को कार्यालय बीच हुनेछ।
चौथो खेल वडा नं. ६ को कार्यालय र शेलालिङ प्राथमिक विद्यालय बीच हुनेछ।
यसैगरी,
पाँचौँ खेल वडा नं. ३ को कार्यालय र एस.एच. बिल्डर्स बीच,
छैटौँ खेल दिप्ती स्टेशनरी र वडा नं. ६ को कार्यालय बीच,
सातौँ खेल वडा नं. ३ को कार्यालय र वडा नं. ४ को कार्यालय बीच,
र आठौँ खेल आलिताल इन्जिनियरिङ र शेलालिङ प्राथमिक विद्यालय बीच हुनेछ।
प्रारम्भिक चरणबाट विजेता चार टिम सेमिफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ। क्षेत्रीय तथा राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरूको समेत सहभागिता रहने भएकाले प्रतियोगिता निकै रोचक हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख १ हजार १ सय ११ तथा द्वितीय पुरस्कार रु. ५१ हजार १ सय ५१ तोकिएको छ।
नागरिकहरूको आर्थिक सहयोगबाट सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितालाई सफल बनाउन आयोजकले सबै सरोकारवालाहरूलाई सहयोग तथा उपस्थितिका लागि अनुरोध गरेको छ।

Dadeldhura Hospital

आलितालमा केशव स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आलितालमा केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता माघ ५ देखि, प्रथम पुरस्कार १ लाख

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.