आलितालमा केशव स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजना हुन लागेको केशव स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ। प्रतियोगिता माघ ५ गतेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ।
पर्यटकीय क्षेत्र आलितालमा आयोजित विशेष कार्यक्रममा सुदूरपश्चिम रोयल्सका बायाँहाते बलर तथा राष्ट्रियस्तरका क्रिकेट खेलाडी नरेन साउदले ट्रफी सार्वजनिक गरेका हुन्।


पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगितामा विजेता टोलीलाई नगद रु. १ लाख १ हजार १ सय ११ र उपविजेतालाई रु. ५१ हजार १ सय ५१ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता संयोजक साउदका अनुसार नागरिकहरूको आर्थिक सहयोगबाट प्रतियोगिता सम्पन्न गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। उनले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग र उल्लेख्य उपस्थिति जनाउन आग्रहसमेत गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.