आलितालसहित डडेल्धुराका तीन स्थानमा निःशुल्क बन्ध्याकरण शिविर हुँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो परिवार नेपालको सहकार्य र सम्बन्धित पालिकाहरूको समन्वयमा परिवार योजना सम्बन्धी निःशुल्क स्थायी बन्ध्याकरण (मिनिल्याप र भ्यासेक्टोमी) शिविर सञ्चालन हुने भएको छ।
स्वास्थ्य कार्यालयका अनुसार सन्तानको रहर पूरा भइसकेका दम्पतीलाई लक्षित गर्दै अनुभवी चिकित्सकबाट सेवा प्रदान गरिनेछ।

Dadeldhura Hospital

शिविरमा महिलाका लागि मिनिल्याप तथा पुरुषका लागि भ्यासेक्टोमी सेवा निःशुल्क उपलब्ध गराइने जनाइएको छ।
शिविर २०८२ फागुन ९ गते रेडक्रस भवन डडेल्धुरामा , फागुन ११ गते जोगबुडा अस्पताल, जोगबुडामा संचालन हुने छ भने  फागुन १२ गते आलिताल स्वास्थ्य चौकी आलितालमा सञ्चालन हुने आलिताल स्वास्थ्य शाखा प्रमुख धन बहादुर क्षेत्रीले जानकारी दिए। इच्छुक सेवाग्राहीले तोकिएको मितिमा सम्बन्धित स्थानमा उपस्थित भई सेवा लिन आग्रह गरिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यस कार्यक्रमको तयारीका लागि आलितालमा आज एक दिने अन्तर्कृया कार्यक्रम समेत गरिएको छ ।  विभिन्न स्वास्थ्य इकाइ कार्यालयका प्रमुख , स्वयंसेविकका लगाएतका उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

महिला बन्ध्याकरण (मिनिल्याप) गराउन आउने महिलाले अनिवार्य रूपमा खाना/नास्ता नखाई (खाली पेट) आउनु पर्ने र साथमा एक जना सहयोगी ल्याउनु पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.