डडेल्धुरामा एमालेका चक्रप्रसाद स्नेहीसहित १० उम्मेदवारको धरौटी जफत

sc mahendra

डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुराबाट प्रतिस्पर्धा गरेका नेकपा (एमाले) का उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जना उम्मेदवारको धरौटी जफत भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१(१) अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने प्रावधान रहेको छ।
डडेल्धुरामा कुल ४३ हजार ६७ मत सदर भएकाले धरौटी जोगाउन उम्मेदवारले कम्तीमा ४ हजार ३ सय ७ मत ल्याउनुपर्ने थियो। तर एमालेका स्नेहीले २ हजार ९२६ मत मात्रै प्राप्त गरेपछि उनको धरौटी जफत भएको हो।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोविन्द खडायत, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीका महेन्द्र पुन मगरको पनि धरौटी जफत भएको छ।
यस्तै स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीले पनि आवश्यक मत ल्याउन नसक्दा धरौटी जोगाउन सकेनन्।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशी विजयी भएका छन्। नेपाली कांग्रेसका नैनसिंह महर र नेकपाका मानसिंह मालले भने आवश्यक मत प्राप्त गर्दै आफ्नो धरौटी जोगाएका छन्।

डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी विजयी

कांग्रेसको ३४ वर्षे विरासत तोडेर उदाएका जोशीको यात्रा– शिक्षकदेखि सांसदसम्म

 

 

You might also like
Leave A Reply

Your email address will not be published.