धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा डोटी घर भएका एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै से २ प ५२८२ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना भएको हो।

Dadeldhura Hospital

दुर्घटनामा मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको प्रहरीले बताएको छ। गम्भीर घाइते भएका मडैलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा चालक जोरायल–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका र उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.