पाँच दिनदेखि ५५ वर्षीया महिला परशुरामबाट बेपत्ता,देख्नुहुनेले खबर गर्न आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : बैतडीको सिगास गाउँपालिका–२, रोडिगड निवासी अन्दाजी ५५ वर्षीया हर्मती ढाट केही दिनदेखि बेपत्ता भएकी छन् । मदन सिंह ढाटकी श्रीमती तथा वीर सिंह ढाटकी आमासमेत रहनुभएकी हर्मती परशुराम नगरपालिका–११, डौणी क्षेत्रबाट करिब ५ दिनअघि हराएको छोरा वीर बहादुरले बताए।

परिवारका अनुसार हर्मतीको मानसिक अवस्था कमजोर रहेको छ। उहाँको खोजी गर्ने क्रममा चुरे गाउँपालिका–६, गजरा क्षेत्रका स्थानीयवासीले केही दिनअघि उहाँलाई देखेको जानकारी प्राप्त भएपछि परिवार तथा आफन्तहरू अहिले गजरा क्षेत्रमा पुगेर खोजी गरिरहेका छन्। तर हालसम्म उहाँको अवस्था पत्ता लाग्न सकेको छैन।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

बेपत्ता हर्मतीलाई कतै देख्नुभएमा, भेट्नुभएमा वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तत्काल खबर गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ।

उहाँको खोजी कार्यमा सक्दो सहयोग गरिदिन स्थानीयवासी तथा सबै सरोकारवालालाई परिवारले हार्दिक अपिल गरेको छ।

सम्पर्क नम्बर:
९७४६४८०१२७,९८६६१०६७७२

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.