Citizan

डडेल्धुराको आलितालमा मतदान नमुना अभ्यास

suchana alital
Chure
lali

डडेलधुरा । डडेल्धुरा जिल्ला आलिताल गाउँ पालिकामा आज मतदान नमुना अभ्यास गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय डडेलधुराको आयोजनामा मतदान नमुना शिक्षाको प्रचारप्रसार गर्ने कार्यक्रम अन्तर्गत आलितालको दुर्गा माध्यमिक बिध्यालयमा मतदान नमुना अभ्यास गराएको हो ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको नमुना मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी,उप अनुसन्धान निरीक्षक हरिश बिष्ट , प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट,सशस्त्र प्रहरी नायव उपरीक्षक जनक राज उपाध्यय,आलिताल गाउँ पालिकाका विभिन्न शाखाका प्रमुख संगै शिक्षक बिध्यार्थीहरुको सहभागिता थियो ।
आसन्न मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निस्पक्ष र मितब्ययी रुपमा समन्न गर्ने उद्देश्यले निर्वाचन आयोगद्वारा जारी मतदाता शिक्षा २०७९ तथा निर्वाचन आयोगको मतदाता शिक्षा संचालन कार्यतालिका अनुसार डडेल्धुरा जिल्लाको सात वटै स्थानिय तहमा संचालन गर्नु पर्ने योजना अनुसार आज आलितालमा गरिएको निर्वाचन कार्यालयका प्रमुख करुणाकर अबस्थीले जानकारी दिनुभयो ।
‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं । निर्वाचनका प्रक्रियाहरू के-के रहन्छन्? के कसरी मतदान गर्नुपर्छ?र के कसरी सहभागिता रहन्छ ? भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेका हौं,’ उनले भने, ‘यो बाट सहभागीले केही न केही सिक्नु भएको छ भन्ने अपेक्षा गरेका छौं ।’निर्वाचनमा मत बदर नहोस् भन्ने उद्देश्यका साथ नमुना मतदान अभ्यास गरिएको समेत बताइएको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.