डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको दुर्गा मा वि ले खेलाडीलाई निशुल्क शिक्षा दिने भएको छ ।
बिध्यालयले पोखरामा संचालन भएको नवौं रास्ट्रिय खेलकुदको उस्सु खेलमा रजत पदक र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई आफ्नो बिध्यालयमा अध्ययन गर्दा सम्म सबै शुल्क मिनाहा गरि शिक्षा दिने भएको हो ।
नवौं रास्ट्रिय खेलकुदको उस्सु खेलमा रजत पदक प्राप्त गर्ने सृजना रखाल मगर र कास्य पदक प्राप्त गर्ने अस्मिता गाहामगरलाई बिध्यालयले निशुल्क शिक्षा दिने भएको हो ।
बिध्यालयले एक कार्याक्रम गरि खेलाडीहरु सम्मान समेत गरेको छ । नवौं रास्ट्रिय खेलकुदमा सहभागी भएका उस्सु खेलाडी र टेक्वाण्डो खेलाडी हरुलाइ बिध्यालयले फुलमाला तथा खादाले सम्मान गरेको हो । साथै खेल प्रशिक्षक राजेन्द्र मडै,शेर बहादुर सलामी मगर र नवीन गाहा मगरलाई पनि बिध्यालयले सम्मान गरेको छ । अधिकान्श खेलाडी सोही बिध्यालयमा अध्ययन गरिरहेको ले बिध्यालयले सम्मान कार्यक्रम राखेको शिक्षक इन्द्र साउदले बताउनु भयो । सोहि कार्यक्रममा बोल्दै बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष गणेश कामीले नवौं रास्ट्रिय खेलकुदको उस्सु खेलमा रजत पदक र कास्य पदक प्राप्त गर्ने खेलाडी रखाल मगर र गाहामगरलाई आफ्नो बिध्यालयले निशुल्क शिक्षा दिने घोषणा गरेका थिए। आज खेलाडीले गर्दा आफ्नो बिध्यालयको नाम समेत रहेको बताउदै उनले पढाइ संगै अतिरिक्त खेलकुदलाई पनि संग संगै लैजान बिध्यार्थीलाई आग्रह गरे । उनले उत्कृष्ट प्रदर्शन गर्ने जो कोहि बिध्यार्थीलाई बिध्यालयले निशुल्क शिक्षा दिने समेत बताए । बिध्यालयले निशुल्क शिक्षा दिने घोषणा गरेका गाहामगर कक्षा ११ मा अध्ययनरत छन भने रखालमगर १२ मा अध्ययनरत छन ।
गाहा मगर दियालो खबरका कार्यकारी सम्पादक तथा संचालक हुन् । उनि समयसामयिक बिषयमा कलम चलाउछन् ।
You might also like