Citizan

धनगढीमा तिन दिने संवाद सहजकर्ता तालिम सम्पन्न

suchana alital
Chure

पौष १३ कैलालीको धनगढीमा तिन दिने संवाद सहजकर्ता तालिम सम्पन्न भएको छ । जि आइ जेट को आर्थिक सहयोग र ग्रेप परियोजनाको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सुदुरपश्चिमको चार वटा जिल्लाको दस वटा स्थानिय तहका बीस जनालाई उक्त तालिम दिइएको ग्रेप परियोजनाका सल्लाहकार पुर्णकला राइले बताउनु भयो ।
जि आइ जेटको कार्यक्रम लागु भएको सुदुर पश्चिमको कैलाली जिल्लाको धनगढी उपमहानरपालिका ,गोदावरी नगरपालिका र चुरे गाउँपालिका बाट २/२ जना ,तेसै गरि बाजुराको बुढीनन्दा नगरपालिका,हिमाली गाउँ पालिका र समिकार्तिक खापर गाउँ पालिकाबाट २/२ जना तेस्तै डोटीको जोरायल गाउँपालिका र बडीकेदार गाउपालिकाबाट २/२ जना तेसै गरि डडेल्धुराको अमरगढि नगरपालिका र आलिताल गाउँपालिकाबाट २/२ जना गरि २० जनालाई तालिम दिएको उनले बताए ।
सोमबार देखी सुरु भएको तालिममा डाक्टर रामचन्द्र लामिछानेले प्रशिक्षण गर्नु भएको थियो ।

lali

कार्यक्रममा समाजमा भई रहेका विभिन्न विवादहरुलार्इ संवाद मार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिइएको प्रशिक्षक लामिछनेले बताए । तिन दिनको अबधिमा प्रशिक्षक लामिछानेले सहभागिलार्इ संवाद के हो? संवाद कसरी गरिन्छ? कुनैपनि विषय बस्तुलाइ संवाद मार्फत कसरी सहजीकरण गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण गरिएको बताए । उनले तालिममा थुप्रै ज्ञानगुनका कुरा सिकाए पनि आफ्नो मुख्य उद्देश भनेको संवाद सहजिकरण कसरी गर्ने भन्ने बिषय मुख्य रहेको बताए ।

glam &
dipti
Citizan

जि आइ जेटको सहयोगमा ग्रेप परियोजनाको गरिरहेको कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्न यस तालिमले सहयोग पुग्ने बताइएको छ ।कार्यक्रममा एक सहभागीले दियालोखबर संग कुरा गर्दै तालिममा धेरै कुरा सिकाइ भएको बताउदै यस तालिमले आफुमा नयाँ उर्जा थप्नु का साथै जिम्मेवारी बोध गराएको बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.