parwat hotel
Citizan

आलितालमा चौथो अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगीता:पहिलो दिनको अपडेट यस्तो छ:

Chure

आलिताल गाउंपालिकामा संचालन भईरहेको चौथो अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगीताको पहिलो दिनमा ८ वटा खेल सम्पन्न भएको थियो ।

lali

पहिलो दिनमा पुरुष तर्फको खेलमा वडा न. ६ र वडा न. ३ (बि)विच खेल सम्पन्न भएको थियो जसमा वडा न. ६ ले बिजय हासिल गरेको थियो भने दोस्रो खेलमा वडा न. ८ र वडा न. ३ को (ए) टिम बिच हुदा वडा न. ८ ले विजयी हासिल गरेका थिए । तेस्तै तेस्रो खेलमा वडा न. १ को (ए) टिम र वडा न. ४ बिच भएको खेलमा वडा न. ४ ले बिजयि हासिल गरेको थियो भने चौथो खेलमा वडा न. १ को (बि) टिम र वडा न. ६ बिचको प्रतिस्पर्धामा वडा न. ६ विजयी भएको थियो ।

glam &
Citizan
alitalnewyear2081

तेस्तै महिला तर्फको पनि चार खेल सम्पन्न भएको थियो पहिलो खेलमा वडा न. ३ र वडा न. ८ को खेलमा वडा न. ३ ले विजयी हासिल गरेको थियो । भने दोस्रो खेलमा आयोजक टिम र गौरीशंकर माध्यमिक बिद्यालय मेलगाजाको खेलमा आयोजकले बिजयी हासिल गरेको थियो । तेस्तै तेस्रो खेलमा दुर्गा माध्यमिक बिद्यालय र वडा न. ४ बिच भएको प्रतिस्पर्धामा दुर्गा माध्यमिक विद्यालयले जित हासिल गरेको थिायो । भने चौथो खेलमा महादेब माध्यमिक विद्यालय खिन्नेभाडी र वडा न. ५ बिच भएको प्रतिस्पर्धामा महादेब माध्यमिक विद्यालय खिन्नेभाडीले जित हासिल गरेको आयोजकले जानकारी दिएका छन् ।
आज दोस्रो दिनमा बाकि खेलहरु हुने र भोली समापन गरिने आयोजकले जानकारी दिएको छ ।

आज देखि हुने चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता भोलिका लागि सारियो….

You might also like
Leave A Reply

Your email address will not be published.