parwat hotel
Citizan

उणिकोट माविलाई वडा न.२ ले दियो पांच लाख,अरु क-कस्ले गर्दैछन् सहयोग….

bhageswar small
Chure

डडेल्धुरा आलिताल गाउँ पालिका वडा नं. २ ले उणिकोट माध्यमिक बिध्यालयलाई रु पांच लाख सहयोग हस्तान्तरण गरेको छ ।

वडामा रहेको एक मात्र माध्यमिक विद्यालय उणीकोट मा कक्षा ११र १२ संचालन गर्ने भए पछि वडाले सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष प्रमोद मल्लले कक्षा ११ , १२ पठन–पाठन सञ्चालन गर्न आफनो वडाले भ्याय सम्म र आफनो क्षमताले पुगे सम्म आफु कटिबद्ध भएर लाग्ने बताउनु भयो ।

glam &
Citizan
lali

पहिलो पटक कक्षा ११ ,१२ कक्षा सञ्चालन भए पछि स्थानिय खुसी भएका छन । खुसीमा स्वर्फुत रुपमा अभिबाबकहरुले गक्ष अनुसारको चन्दा सहयोग गरिरहेका छन् । केहि दिन अगाडी मात्र आलिताल गाउंपालिका वडा न. १ बस्ने युवा व्यवसायी तथा नेपाली कांग्रेस डडेल्धुराका कार्यसमिति सदस्य समेत रहेका प्रेम बहादुर पातलीले रु ५१ हजार एक सय एघार नगदै हस्तान्तरण गरेका थिए ।

निर्माण व्यवसायी प्रकास सेटीले उक्त विद्यालयको सर्वपक्षिय बिकासका लागि आफ्ना स्व.पिता मदन सिह सेटीको नामवाट १५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेको धोषणा गरि सकेका छन् तेस्तै परशुराम नगरपालिकाका नगर–प्रमुख भरत बडायर (जोशी) ले १ लाख ११ हजार १ सय ११ रुपैया व्यक्तिगत सहयोग गर्ने बताइसकेका छन् ।आलिताल गाउंपालिका अध्यक्ष शेर सिं पार्कीले बिद्यालयलाई व्यक्तिगत ५१ हजार १ सय पच्चिस रुपैयां सहयोग गर्ने समेत प्रतिबद्धता गरेका छन् भने ८ न. वडाका अध्यक्ष धन बहादुर देउबाले २२ हजार दुई सय पच्चिस रुपैया सहयोग गर्ने बताइ सक्नु भएको छ ।

उक्त बिद्यालयका प्रध्यनाध्यापक मदन सिं साउदले ५२ हजार पांच सय रुपैया सहयोग गर्ने बताएका छन भने सोहि बिद्यालयका शिक्षक कर्ण बहादुर मल्ल ३० हजार पांच सय २५ रुपैया तेस्तै दान बहादुर बोगटी ३० हजार १ सय २५,महाभारत बिद्यालयका प्रध्यनाध्यापक डम्बर बोहराले ३० हजार एक सय २५ रुपैयां असीग्रामका शिक्षक यज्ञ बहादुर मल्लले ३० हजार एक सय २५ रुपैंया तेस्तै कैलपाल प्राबिका शिक्षक बिर बहादुर सेटीले ३० हजार एक सय २५ रुपैंया आर्थिक सहयोग गर्ने बताएका छन् ।
तेस्तै नेपाली कांग्रेसका युवा नेता जित बहादुर मडैले ८१ हजार एक सय ११ रुपैयां सहयोग गर्ने बताएका छन् भने सोहि वडाका वडा सदस्य कृष्ण बोगटिले १५ हजार १ सय ११ रुपैया सहयोग गर्ने बताए । तेस्तै कार्यपालिका सदस्य रमेश कामीले ११ हजार १ सय ११ प्रदान गर्ने बताएका छन भने सोहि वडाका दलित महिला सदस्य शारदा नेपालीले ५ हजार १ सय ११ रुपैया सहयोग गर्ने बताएका छन् । गाउँमै कक्षा ११ , १२ पठन–पाठन सञ्चालन भएपछि खुसीमा स्वर्फुत रुपमा अभिबाबकहरुले गक्ष अनुसारको चन्दा सहयोग समेत गर्न जनाएका छन ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.