होलीमा इच्छाविपरीत रंग र लोला हान्‍नेलाई डडेल्धुरा प्रशासनले कारबाही गर्ने

sc mahendra

डडेल्धुरा ः जिल्ला प्रशासन कार्यालय डडेल्धुराले फागु पूर्णिमा अर्थात् होली पर्वलाई सभ्य र मर्यादित मनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन जिल्लाबासीलाई अनुरोध गरेको हो।

प्रशासनले होली पर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छाविपरीत रंग लगाउने र दल्ने, लोला हान्ने, पानी छाप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने काम नगर्न आग्रह गरेको छ।

यसका साथै कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका गतिविधि नगर्न र नगराउन सबैमा अनुरोध गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जितेन्द्रप्रसाद ओझाले जानकारी दिए।

कानून विपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानून बामोजिम कारबाही गरिनेसमेत जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ। यसवर्ष सोमबार हिमाली र पहाडी जिल्लामा तथा मंलबार तराईका जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना:

You might also like
Leave A Reply

Your email address will not be published.