
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नं ४ स्थित लक्ष्मि माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका विच दुई तले भुकम्प प्रतिरोधात्मक भवनको शिलन्यास गरिएको छ ।
जियो हजार्डस ईन्टरनेशल र राष्ट्रिय भुकम्प प्रविधि समाज नेपाल द्धारा संञ्चालन भईरहेको विद्यालय भुकम्प सुरक्षा कार्यक्रम अन्तर्गत निर्माण हुने भवनको सिलन्यास हिजो गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गर्नुभएको हो ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र रोका मगरको अध्यक्षतामा सम्पन्न भएको भवन शिलन्यास कार्यक्रममा गोदावरी नगपालिकाका नगर प्रमुख भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो उक्त कार्यक्रमको विशिष्ट अतिथिमा नगरपालिकाका उपप्रमुख शारदा देवी रोकाया, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्री उपस्थित रहेका थिए भने जियो हेजार्डस ईन्टरनेशनलका नेपाल प्रतिनिधि उपमा ओझा, राष्ट्रिय भुकम्प प्रविधि समाज नेपालका कार्यक्रम व्यवस्थापक कृति तिवारी लगायत संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
गोदावरी नगरपालिकाको वडा नं.४ मा पर्ने लक्ष्मि माध्यमिक विद्यालयमा विभिन्न भौतिक संरचना निर्माणकाका साथै शैक्षिक गुणस्तरमा ध्यान दिई विद्यालय लाई यस क्षेत्रकै शैक्षिक हवको रुपमा विकास गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोकामगरले बताउनु भयो ।
आफनो नगरपालिकाको अलि दुर्गम मानिने वडा नं.४ र १२ मा पछिल्लो समय विकास निर्माणका काम हरु भईरहेको बताउदै राजमार्ग संगै जोडिएको विद्यालय भएको अरु लाई देखाउन पनि सजिलो हुने भएको कारण लक्ष्मि माध्यमिक विद्यालय लाई पहिलो चरणमा छनौट गरिएको नगरप्रमुख भट्टले बताउनु भयो ।
सन १९९८ मा स्थापन भएको जियो हजार्डस ईन्टरनेशनलले कैलालीमा पहिलो पटक नमुना भुकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण सुरु गरे पनि परियोजना अन्तर्गत भवन निर्माण सहित विद्यालय सुरक्षाका लागी जनचेतनामुलक कार्यक्रम तथा यसक्षेत्रका सिकर्मि तथा डकर्मि हरु लाई भुकम्प प्रतिरोधात्मक भवन निर्माणका लागी तालिम प्रदान गरिने जियो हेजार्डस ईन्टरनेशनलका नेपाल प्रतिनिधि उपमा ओझाले बताउनु भयो ।
