नयाँ वर्षको उपलक्ष्यमा कैलाली अस्पतालले निशुल्क चेकजाँच गदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१० बैशाख
नयाँ बर्ष २०८० को अवसर पारेर कैलाली हस्पिटल प्राली धनगढीले आफनो हस्पिटलमा विभिन्न किसिमका चेकजाँच निशुल्क गर्नुका साथै विभिन्न परिक्षणमा भारि छुटको योजना अगाडी सारेको छ ।
बैशाख महिना भरी हस्पिटलमा दिमाग सम्बन्धि, मेरुदण्ड सम्बन्धि तथा नशा सम्बन्धि रोगहरुको निशुल्क परिक्षण हुने तथा दिमाग, मेरुदण्ड र नशा सम्बन्धि रोगको शल्यक्रिया गर्नु परे २० प्रतिसत छुट हुने र औषधीमा ५ प्रतिसत छुट हुने हस्पिटलका प्रवन्ध निर्देशक हरि सिँह धामीले बताउनु भयो ।

Dadeldhura Hospital

हस्पिटलका अनुसार यस अवधिमा टाउको दुख्ने, पोल्ने, झमझमाउने, चोट लागेको, टाउको नशा सुकेको, फुटेर रगत जम्मा भएको विरामीहरुको चेकजाचका साथै परामर्श तथा उपचार गरिने छ भने ढाड दुख्ने, पोल्ने, हातखुट्टा दुख्ने, झमझमाउने ,पाइतला पोल्ने, ढाडमा चोट लागेर हातखुट्टा नचल्ने, चलाउन गाह्रो हुने लगायतको समस्या भएका विरामीहरु लाई निशुल्क सेवा दिइने अस्पतालले जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


कैलाली हस्पिटलमा कार्यरत दिमाग, मेरुदण्ड तथा नशा रोग बिषेशज्ञ डाक्टर बिकेश खम्बु श्रेष्ठ द्धारा चेकजाँच तथा उपचार हुने तथा उक्त अवधिमा रगत, पिसाब, भिडियो एक्सरे, इसिजी तथा इसिएचओ र एक्सरेमा १५ प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ।
यस लगत्तै यस्तै प्रकारको निशुल्क चेकजाँच तथा सामान्य प्रकारको शल्यक्रिया सहितको सिविर डडेल्धुरामा पनि राख्ने योजना रहेको हस्पिटलका प्रवन्ध निर्देशक हरि सिँह धामीले बताउनु भयो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.