parwat hotel
Citizan

नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा १० बुद्धे माग सहित आलिताललाई बुझायो ध्यानाकार्षण पत्र

bhageswar small
alital janahit

डडेल्धुरा आलिताल ,
नेपाल राष्ट्रिय शिक्षक संगठनले १० बुद्धे माग सहित आलिताल गाउंपालिकालाई ध्यानाकार्षण पत्र बुझाएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन आलिताल गाउं समितिले पालिकालाई बिभिन्न दश बुद्धे माग राख्दै ध्यानाकार्षण पत्र बुझाएको हो ।
संगठन समिति आलितालको यहि जेठ १३ गते सम्पन्न भएको लोकतान्त्रिक गणतन्त्र पश्चातको दोस्रो अबिधेसनबाट पारित दश बुद्धे माग सहित ध्यानाकार्षण पत्र बुझाएको संगठनका अध्यक्ष मान सिं साउदले बताए ।

lali

उनका अनुसार ध्यानाकार्षण पत्रमा पालिकाद्वारा नियूक्त गरिएका शिक्षकहरुको पारिश्रमिक नेपाल सरकारले तोकेको सेवा सुविधा अनुसार उपलब्ध गराउनु पर्ने ,पालिकाद्वारा नियूक्त गरिएका शिक्षक, बालबिकास कक्षामा कार्यरत सहजकर्ताहरु र संघिय अनुदानकोटाका शिक्षकलाई पोशाक तथा चाडवाड वाफतको रकम उपलब्ध गराउनु पर्ने,पालिका भित्र विभिन्न विद्यालयमा राहात,करार,विद्यालय कर्मचारी , बालविकास कक्षाका सहजकर्ता ,पालिका र संघिय अनुदानकोटाका शिक्षक,साविक उच्च माध्यमिक बिद्यालयमा अनुदान शिक्षकहरुको विमारी विदा प्रमाणित तथा अभिलेखिकरण गर्ने ब्यवस्था मिलाउनु पर्ने,विद्यार्थी संख्याका आधारमा दरवन्दी मिलान र विद्यालयहरु मर्ज गर्नु पर्ने ,शिक्षकको पेशागत तालिमको ब्यवस्था गर्नु पर्ने,जेहेन्दार र विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको ब्यवस्था गर्नु पर्ने,गाउँपालिका स्तरिय अतिरिक्त क्रियाकलाप संचालनको ब्यवस्था गर्नुपर्ने , उच्च शिक्षा अध्यनका लागी क्याम्पस स्थापनाका लागि पहल गर्नु पर्ने,पालिका स्तरिय शैक्षिक सम्वाद समिती तथा गाउँ शिक्षा समिति गठन गर्नु पर्ने , पालिकाको शैक्षिक गुणस्तर सुधार गर्नका लागि पुरस्कार र दण्डको ब्यवस्था सहितको उत्प्रेणात्मक कार्यक्रम ल्याउनु पर्ने जस्ता माग राखेको उनले बताए ।

glam &
Citizan

नेपाल राष्ट्रिय शिक्षक संगठन आलिताल गाउं समितिले पालिकालाई बुझाएको ज्ञापन पत्र :

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.