parwat hotel
Citizan

भारतसँग सीमा विवाद समाधानको लागि स्पष्ट रूपमा कुरा राख्ने आफू पहिलो प्रधानमन्त्री:प्रचण्ड

bhageswar small
Chure

जेष्ठ २२ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै भएको भारत भ्रमणमा आफूले सीमासम्बन्धी समस्या स्पष्ट रूपमा राखेको र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्यसलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिनुपर्ने संवैधानिक नियमअनुसार जानकारी दिँदै भने, ‘सीमाको स्थायी र दिर्घकालीन रूपमा समाधान नभइ नेपाल–भारत सम्बन्ध सुमधुर हुन सक्दैन । यो कुरा मैले भारतका अधिकारी एवम् प्रधानमन्त्रीसँग स्पष्ट राखेको छु । भारतका प्रधानमन्त्रीले पत्रकार सम्मेलनमै सीमा सम्बन्ध सुधारिन्छ र हिमालयको उचाइमा दुई देशको सम्बन्ध पु¥याउछौँ भन्नु भएको छ ।’

glam &
Citizan
lali

उनले भारतसँग यसरी स्पष्ट रूपमा कुरा राख्ने आफू पहिलो प्रधानमन्त्री भएको समेत दाबी गरे । भन्छन्, ‘पहिलोपटक होला भारतसँग खुलेरै सीमासम्बन्धी विषयमा कुरा राखिएको । र, यसरी खुलेरै भारतका शक्तिशाली प्रधानमन्त्रीले पहिलोपटक भन्नुभएको हो । सन् २०१४ मा त्यही फोरममा बसेर भारतका प्रधानमन्त्रीले नेपाल–भारतसम्बन्ध हिट भन्नुभएको थियो, अहिले सुपरहिट भएको भन्नुभयो । त्यो पनि पहिलोपटक हो ।’

भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध बलियो बनाउने मात्रै नभइ आर्थिक मामिलामा विशेष जोड दिएको उनले बताए । भारतसँग गरिएको १० हजार मेगावाट व्यापार सम्झौता, बंगलादेशसहित गरिएको त्रिपक्षीय व्यापार सम्झौता, चीन र भारत दुवै पक्ष सामेल भएको १२ सय मेगावाट तामाकोशीको बिजुली किन्ने जस्ता विषयहरूमा भारत सकारात्मक हुनु सामान्य विषय नभएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उनले भारत भ्रमण सफल बनाएको, के सत्ता, के पक्ष, प्रतिपक्ष, के नागरिक समाज सबैले बधाई देलान् भन्ने सोचेको उल्टै लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतलाई दिने जस्ता विवादिन कुरा गरेर आफू पीडित र चिन्तित भएको बताए । भन्छन्, ‘मैले सीमा विवाद समाधानको लागि कुनै पनि विकल्पको कुरा गरेको छैन । नेपालको भूमि पहिले स्थापित गर्नुपर्छ । त्यो कुरामा म स्पष्ट छु । केही बुद्धिजिवीले गरेको अध्ययनमा त्यो कुरा पनि छ भनेर भनेको मात्र हो, त्यसलाई अतिरञ्जित गरियो ।’

भारत भ्रमणमा प्रधानमन्त्री दाहालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग भारतलाई दिएर बंलगादेश जाने बाटो लिने भन्ने कुरा मिडिया ब्रिफिङमा गरेको सञ्चारमाध्यममा आएको थियो । त्यसको विरोधमा संसमा प्रतिपक्ष दलहरूले प्रश्न उठाएका थिए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.