Citizan

‘भैंसी चढेर आएको’ शब्द संसद्को रेकर्डबाट हटाइयो

suchana alital
Chure

काठमाडौं— सोमबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने क्रममा खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरू आए’ भनेका थिए ।

glam &
dipti
Citizan
lali

त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालले भैंसी चढेर आएको भन्ने असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट मेटाउन माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

तर एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए । सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाइने जवाफ दिए । तर प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि मेटाउन स्पष्ट निर्देशन दिनुपर्ने माग एमाले र रास्वपाका सांसदहरुले गरे ।

सभामुख घिमिरेले देशको प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको भन्ने शब्द संसद्को रेकर्डमा रहनु उचित नहुने भन्दै मेटाउनु उचित हुने भनेपछि प्रतिपक्षी सांसदहरू चित्त बुझाएर बसे ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.