प्रधानमन्त्री बालेन शाहको स्टाटसले राजनैतिक वृत्तमा चर्चा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन शाहले लेखेको यो स्टाटस अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। प्रधानमन्त्री शाहले कुनै व्यक्ति, घटना वा राजनीतिक परिस्थितिलाई प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि सरकारको कामकारबाहीप्रति आफ्नै दलका सांसदहरूले प्रतिनिधिसभामा प्रश्न उठाएको केही घण्टापछि आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल (रास्वपा) कै सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। जनताका दैनिक समस्या समाधान गर्न सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रतिनिधिसभामा बोल्दै रास्वपाका सांसदहरूले आम नागरिकले भोगिरहेका समस्या गम्भीर बन्दै गएको भन्दै सरकारलाई नागरिकको दुःख र समस्यामा प्रत्यक्ष रूपमा देखिन आग्रह गरे। विशेषगरी खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, कृषि क्षेत्रमा देखिएका समस्या, किसानलाई बाँदरले दिएको हैरानी तथा स्वास्थ्य उपचारसँग जोडिएका विषयमा उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री शाहले ‘नआत्तिनुहोस्’ भन्दै नागरिकलाई आश्वस्त पार्न खोजेका छन्। साथै, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’ भन्दै बाहिर देखिएको अवस्था र सरकारभित्र भइरहेको कामबीच फरक हुन सक्ने संकेत गरेका छन्।
उनको अर्को भनाइ—‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’—ले भने राजनीतिक रूपमा थप चासो बढाएको छ। प्रधानमन्त्रीले आफूले सामना गरिरहेको परिस्थिति, आलोचना वा चुनौतीमध्ये कुन सन्दर्भमा यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने स्पष्ट गरेका छैनन्। त्यसैले सामाजिक सञ्जालमा उनको स्टाटसलाई लिएर विभिन्न कोणबाट चर्चा हुन थालेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.