आलिताल-८ का अध्यक्ष धन बहादुर देउबाद्वारा आफ्नो १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेष्ठ २३
डडेल्धुराको आलिताल गाउंपालिका वडा न.८ का अध्यक्ष धन बहादुर देउबाले मंगलबार आफ्नो १ वर्षे कार्यकालको उपलब्धीलाई सार्वजनिक गरेका छन ।
२०७४ सालको स्थानिय तहको चुनावमा वडा सदस्य भई जनप्रतिधिको रुपमा काम गर्दै आईरहेका देउबा २०७९ बैसाख ३० मा सम्पन्न दोस्रो स्थानिय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । समाजमा निकै नाम कमाएका देउबाले संघ, प्रदेश, स्थानीय, बिभिन्न गैरसरकारी संघ, संस्थाको पहलमा वडा.न ८ मा आफ्नो कार्यकालमा भएका उपलब्धीहरुलाई स्पष्ट पारेका हुन ।
उनले वडा अध्यक्षमा निर्वाचित पश्चात पालिकाबाट ५३ लाख ५० हजार बजेट पाएका थिए । उनले उक्त बजेटबाट दुर्गा माध्यमिक बिद्यालयमा सिसि क्यामेरा जडान,दुर्गालक्ष्मी आमा समुह चिरानमाको भवन निर्माण,शिबलिंग बाल बिकासमा फर्निचर तथा शिक्षक व्यवस्थापन,समैजि आधारभुत बिद्यालयमा फर्निचर तथा शिक्षक व्यवस्थापन,कुुकुरेगैरा देखि भातेतेकुण्डाडा सम्म सिचाईकुलो निर्माण,कप्सेनी सिचाई कुलो निर्माण,तेकुण्डाडा कुकुरेगैरा चौुकुने कुलो निर्माण,पटार सिचाई कुलो निर्माण,मध्ये गोदाम सिचाई कुलो निर्माण, मल्लो भंग्रेडी सिचाई कुलो निमार्ण,मौरी कुलो सिचाई योजना निर्माण , स्यालचौडी बिचपेटी कुलो निर्माण , कुर्जेनी नाउलो निर्माण,चुनढुंगा खानेपानी निर्माण,छर्बुग नाउलो निर्माण,डाडांखर्क खानेपानी मुल संरक्षण,डोलाकोट नाउलो घेरबार,तल्लो स्यालचौडी खानेपानी योजना निर्माण,बुढोधारा पहिरो नियन्त्रण तथा मुल संरक्षण ,वडा कार्यालय गेट निर्माण तथा गौरा पर्ब खेल्ने र्मैदान निर्माणका काम गरेको बताए ।

 

तेस्तै देउबाले बिभिन्न सामाजिक कार्यक्रम पनि गरेका छन् । उनले खेलकुद कार्यक्रम,जनजाती,दलित र महिला लक्षीत कार्यक्रम तेस्तै जेष्ठ नागरिक,अपांग र एकल महिलालाई न्यानो कपडा बितरण कार्यक्रम गरेको उनले बताए । तेस्तै पोलीहाउस बितरण कार्यक्रम,सस्कृति जगेर्ना कार्यक्रम ,पशुपक्षि तथा बालीरोग नियन्त्रणमा औषधी खरिद तथा बितरण कार्यक्रम सम्पन्न भइसकेको बताए । अध्यक्ष देउवाले वडाको वस्तुस्थितिको तथ्यांक संकलनको कार्यक्रम पनि गरेको बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

तेस्तै वडाले गरेका कामहरुको निरन्तर अनुगमन तथा मुल्यांकन गर्ने गरेको पनि बताए । वडा कार्यालय घेरबार तथा वडा कार्यालय जाने सडक गा्रबेल,प्रधान मन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बिभिन्न बाटोहरु निर्माण,प्रहरीचौकीमा खानेपानी टंकी खरिदमा सहयोग ्जस्ता कार्यक्रम गरेको उनले बताए । देउबाका अनुसार वडाको यस आर्थिक बर्षको कार्यकम तथा योजनाका काम करिब ९५ प्रतिशत भन्दा धेरै सकिसकेको र बाकि यसै महिनाकोअन्त सम्म सत प्रतिशत काम सकिने बताए ।

वडा नगरबाट पनि कयौ विकास,जनमुखी सेवा दिईरहेको संघिय सरकार र प्रदेश सरकारको सहयोगमा पनि काम भएको बताए देउबाका अनुसार हम्तड खानेपानीको निमार्ण सघिंय सरकारको बजेटबाट निर्माण सम्पन्न भएको बताए । तेस्तै सुदुर पश्चिम प्रदेश सरकारबाट सुनलोला टटबन्धको कार्यक्रम,घुम्ति नाला निर्माण,दुवालीखेत मौरी कुलो निर्माण तथा भंग्रडी खोला टटबन्ध र मौरी टटबन्धका काम सकिएको देउबाले बताए । पारदर्शी काम गरिरहेका देउबाले अर्धबार्षिक र बार्षिक समिक्षा समेत गर्ने गरेको बताए । देउबा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.