parwat hotel
Citizan

आलिताल-१ का अध्यक्ष देउबाको १ वर्षे कार्यकाल,कृषि,खानेपानी र पर्यटनमा सुधार

bhageswar small
alital janahit

जेष्ठ २६
डडेल्धुराको आलिताल गाउंपालिका वडा न.१ का अध्यक्ष यज्ञ बहादुर देउबाले पनि शुक्रबार आफ्नो १ वर्षे कार्यकालको उपलब्धीलाई सार्वजनिक गरेका छन ।
२०७९ बैसाख ३० मा सम्पन्न दोस्रो स्थानिय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । राजनितिमा निकै निखारिएका देउबाले संघ, प्रदेश, स्थानीय, बिभिन्न गैरसरकारी संघ, संस्थाको पहलमा वडा.न १ मा आफ्नो कार्यकालमा भएका उपलब्धीहरुलाई स्पष्ट पारेका हुन ।
उनले वडा अध्यक्षमा निर्वाचित पश्चात पालिकाबाट ५२ लाख ९० हजार बजेट पाएका थिए । उक्त बजेटबाट कृषि,खानेपानी र पर्यटनमा सुधार भएको बताएका छन् ।उनले उक्त बजेटबाट भोरकुण्डा उपल्ला खानेपानी योजना,घुस तिमिीलि गिठी खोला उतिसेनीखानेपानी मर्मत योजना,चनावारी साजिखोरे खानेपानी मर्मत योजना,तेस्तै घरपुवा खानेपानी मर्मत योजना,खडा खानेपानी मर्मत योजना,मालगाउंमा खानेपानी योजना,जोशिना खानेपानी मर्मत योजना,जनज्योति आधारभुत बिद्यालयमा खानेपानी योजना,सिटोला खानेपानी निर्माण योजना जस्ता खानेपानीमा काम गरेको अध्यक्षले बताए । पहिलो वडा अध्यक्षले सडक बिस्तारमा बजेट खर्च गरेका थिए भने आफुले कृषि तथा खानेपानीलाई प्राथमीकतामा राखेर काम गरेको अध्यक्ष देउबाले बताए । देउबाले यस बर्ष झुरकांडा तिमुलि कृषि सडक निर्माण योजना,छिणा पोखरी सडक निर्माण योजना,गोगनपानी तल्लो सकिनडाडा कृषि सडक योजना , तोली ओतरोडा कृषि सडक निर्माण योजना सम्पन्न भईसकेको बताए । उनले वडाको बजेटबाट मेलखाली दिपलमारे कषि सडक निर्माण योजना भने आवश्यक बजेट अभाबका कारण हुन नसकेको सुनाए । अध्यक्ष देउबाले आधुनिक घट्टलाई पनि प्राथमिबतामा राखेर काम गरको देखिन्छ । उनले पिपल आधुनिक घट्ट निर्माण , चम्सालमा आधुनिक घट्ट निर्माण,तथा बन्तालमा आधुनिक घट्टको निर्माण गरेर जनतालाई सेवा पुर्याएका छन् । तेस्तै घण्टेश्वर मन्दिरको पक्कि छानो निर्माण,लामीचौरमा रष्टिक स्टोरलाई मर्मत जस्ता कामहरु गरेको बताए । उनले भौतडा खेतमा तटबन्धको काम पनि सम्पन्न भएको बताए ।

lali

तेस्तै देउबाले बिभिन्न सामाजिक कार्यक्रम पनि गरेका छन् । उनले खेलकुद तर्फ भुबनेश्वरी माध्यमिक विद्यालयमा राष्टपति रनिंग शिल्ड कार्यक्रम,सिद्धबाबा प्राथमिक बिध्यालयमा शिक्षक व्यवस्थापन,गोरीशकर माध्यमिक बिद्यालय डोटीमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति कार्यक्रम,आधारभुत स्वास्थ्य केन्द्रमा औषधि खरिद तथा व्यवस्थापन कार्यक्रम समेत गरेको बताए । तेस्तै महिला स्वयमस्वबिकालाई प्रोत्साहन कार्यक्रम, स्वास्थ्य कार्यालयमा अनमी व्यवस्थापन,कृषक समुहहरुलाई अभिमुखिकरण तालिम,गांखेत प्रहरी कार्यलयलाई व्यवस्थापन खर्च,बहुक्षेत्रीय पोषण कार्यक्रम साथै,जनजाती,दलित र महिला लक्षीत कार्यक्रम पनि गरेको बताए ।
वडा नगरबाट पनि कयौ विकास,जनमुखी सेवा दिईरहेको संघिय सरकार र प्रदेश सरकार तथा भु तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा पनि काम भएको बताए देउबाका अनुसार कटोयला खानेपानी आयोजना,बन्ताला खानेपानी आयोजना कटौथला खानेपानी आयोजना कामहरु केहि सम्पन्न भईसकेको र केहि काम भईरहेको बताए । तेस्तै भु तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा जैसना झरनामा पर्यटकिय पदमार्ग तथा अन्य भौतिक पूर्वाधार निर्माण समेत गरेको बताए । तेस्तै खड्कनाथ मन्दिर निर्माण योजना,शिवपार्वति मट्या मन्दिर निर्माण योजना,जैसिना झरना योजना, नवादेव विडि मन्दिर योजना,जंगली बाबाको मन्दिर योजना,भैरवनाथ मन्दिर परिसर पर्यटन पूर्वाधार निर्माण योजनाका कार्यक्रमहरु निर्माण सम्पन्न भईसकेको र केहि काम भईरहेको बताए ।

glam &
Citizan

तेस्तै वडाले गरेका कामहरुको निरन्तर अनुगमन तथा मुल्यांकन गर्ने गरेको पनि बताए । देउबाका अनुसार वडाको यस आर्थिक बर्षको कार्यकम तथा योजनाका काम करिब ९५ प्रतिशत भन्दा धेरै सकिसकेको र बाकि यसै महिनाकोअन्त सम्म सत प्रतिशत काम सकिने बताए ।
पारदर्शी काम गरिरहेका देउबाले अर्धबार्षिक र बार्षिक समिक्षा समेत गर्ने गरेको बताए । देउबा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.