Citizan

सबै दलको सहमति भए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार्छ : सभापति देउवा

suchana alital
Chure

जेठ २७— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूमा सहमति हुने अवस्था आए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने व्यवस्थालाई स्वीकार गर्ने गर्ने बताएका छन् । ।

शनिबार भक्तपुरमा आयोजित कांग्रेस जिल्ला सम्मेलनमा सभापति देउवाले सबै राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीलाई अवलम्बन गर्न एक मत भए सो प्रणालीको लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि समय लागेपनि कांग्रेस सहमत हुने बताए ।

glam &
dipti
Citizan
lali

‘साथीहरूले उठाएको कुरा महत्वपूर्ण हो तर, पार्टीमा सबैलाई चित्त बुझाएर जानुपर्ने अवस्था छ । त्यसकारणले समावेशी समानुपातिक रूपमा उम्मेदवारहरू प्रतिनिधि सभामा उठाउनुपर्छ भन्ने विचार उच्च हो तर, त्यसको लागि संविधानको संशोधन आवश्यक छ । त्यसको लागि दुई तिहाइ बहुमत चाहिन्छ,’ उनले भने, ‘सबै राजनीतिक दलहरूमा सहमति हुन जरुरी छ । सहमति हुन सक्यो भने यो विचार मान्य नहुने कुरा हैन । त्यसको लागि समय लाग्छ ।’

कांग्रेस भक्तपुर जिल्ला सम्मेलनमा नेता डा. शेखर कोइरालालगायत उपस्थित जिल्ला तहका अधिकांश नेताले समेत पार्टी कमजोर बनेको र त्यसलाई मजबुत पार्नुपर्ने धारणा राख्दै मिश्रित निर्वाचन प्रणालीमाथि प्रश्न उठाए ।

यसअघि बोल्दै नेता कोइरालाले प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा देउवा समक्ष राखेका थिए ।

कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताको धारणा सम्बोधन गर्दै सभापति देउवाले प्रत्यक्ष निर्वाचन प्रणालीमा जान संविधान नै संशोधन गर्नुपर्ने भएकाले सबै राजनीतिक दलको सहमतिमा प्रत्यक्ष निर्वाचन प्रणालीमा जान सकिने बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.