सबै दलको सहमति भए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार्छ : सभापति देउवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेठ २७— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूमा सहमति हुने अवस्था आए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने व्यवस्थालाई स्वीकार गर्ने गर्ने बताएका छन् । ।

शनिबार भक्तपुरमा आयोजित कांग्रेस जिल्ला सम्मेलनमा सभापति देउवाले सबै राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीलाई अवलम्बन गर्न एक मत भए सो प्रणालीको लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि समय लागेपनि कांग्रेस सहमत हुने बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

‘साथीहरूले उठाएको कुरा महत्वपूर्ण हो तर, पार्टीमा सबैलाई चित्त बुझाएर जानुपर्ने अवस्था छ । त्यसकारणले समावेशी समानुपातिक रूपमा उम्मेदवारहरू प्रतिनिधि सभामा उठाउनुपर्छ भन्ने विचार उच्च हो तर, त्यसको लागि संविधानको संशोधन आवश्यक छ । त्यसको लागि दुई तिहाइ बहुमत चाहिन्छ,’ उनले भने, ‘सबै राजनीतिक दलहरूमा सहमति हुन जरुरी छ । सहमति हुन सक्यो भने यो विचार मान्य नहुने कुरा हैन । त्यसको लागि समय लाग्छ ।’

कांग्रेस भक्तपुर जिल्ला सम्मेलनमा नेता डा. शेखर कोइरालालगायत उपस्थित जिल्ला तहका अधिकांश नेताले समेत पार्टी कमजोर बनेको र त्यसलाई मजबुत पार्नुपर्ने धारणा राख्दै मिश्रित निर्वाचन प्रणालीमाथि प्रश्न उठाए ।

यसअघि बोल्दै नेता कोइरालाले प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा देउवा समक्ष राखेका थिए ।

कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताको धारणा सम्बोधन गर्दै सभापति देउवाले प्रत्यक्ष निर्वाचन प्रणालीमा जान संविधान नै संशोधन गर्नुपर्ने भएकाले सबै राजनीतिक दलको सहमतिमा प्रत्यक्ष निर्वाचन प्रणालीमा जान सकिने बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.