parwat hotel
Citizan

आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल,मेयर हमालले गरे पूर्ण समर्थन

bhageswar small
Chure

सुदूरपश्चिममा आज आमहड्ताल हुने भएको छ । कैलाली स्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको होे ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको थियो।

glam &
Citizan

संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघरसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए।

lali

उनले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको समेत बताएका छन्।
शनिबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि एक भिडीयो मार्फत आमहडताललाई पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाउन आग्रह गरेका छन् ।

संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ। उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि बिरोधमा गर्दै आएका हुन्।

गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ। बिहीवार अत्तरिया बजार बन्द गरेको थियो। बिहिवार साझ नाराबाजीसहित गेटाको मूल गेटमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको ब्यानर पनि राखेको छ।

संघर्ष समितिद्वारा जारी विज्ञप्ती….

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.