parwat hotel
Citizan

सुदूरपश्चिम प्रदेशमा आम हड्ताल, यातायात ठप्प,जनजीवन प्रभावित

bhageswar small
Chure

धनगढी — सुदूरपश्चिम प्रदेशमा आम हड्तालका कारण जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आह्वान गरिएको आम हड्तालले प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने मुख्य बजार पनि बन्द छ ।

lali

बन्दकर्ताहरू विहानैदेखि सडकमा निस्किएर सडक अवरुद्ध गराइरहेका छन् । विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिले पूर्वघोषित कार्यक्रमअनुसार आम हड्ताल गरेको हो ।

glam &
Citizan

गत २९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गेटालाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । तर गत १५ जेठमा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रूपमा अघि बढाउने र १ सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि सुदूरपश्चिमका नागरिक विरोधमा आएका हुन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.