आलिताल-१ मा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेठ ३१
भावना थापा मगर
आलितालको वडा न. १ को कार्यालयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आलिताल गाउंपालिका गांखेत प्रहरी चौकी र वडा न. १ को संयुक्त आयोजनामा वडा न. १ को कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अन्तरक्रियामा सुरक्षित र सभ्य समाज निर्माण गर्ने सबैको चाहना भएकोले प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएको बताए। अपराधको प्रवृत्ति परिवर्तन भइरहेको तथा सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौति सामना गर्न प्रहरी र समुदाय एकताबद्ध भएर लागेमा अपराध नियन्त्रण गर्न सकिने प्रमुख जिल्ला अधिकारी विश्वराज न्याउपानेले बताए । साथै उनले अन्तरक्रियाको क्रममा उठेका सवालहरुको समेत सम्बोधन गरेका थिए ।

Dadeldhura Hospital

सो अवसरमा प्रहरी नायक उपरीक्षक मनोहर प्रसाद भट्टले मन्तव्य व्यक्त गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

आलिताल गाउंपालिका १ का वडा अध्यक्ष यज्ञ बहादुर देउवाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा सदस्य राम बहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्याउपाने,प्रहरी नायक उपरीक्षक मनोहर प्रसाद भट्ट ,राष्टिय अनुसन्धान डडेल्धुराका प्रमुख महेश प्रसाद अवस्थि विभिन्न राजनितिक दलका प्रतिनिधि,समाजसेबी,बिभिन्न संघसंस्थाको प्रतिनिधि ,विद्यार्थी ,स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.