आजबाट घट्यो पेट्रोलियम पदार्थको मूल्य

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असार १९ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। पेट्रोल तथा डिजेल–मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको निगमले जनाएको छ।

Dadeldhura Hospital

हिजो साँझ बसेको निगम सञ्चालक समितिको बैठकले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य र तराईको हकमा प्रतिलिटर ७ रुपैयाँ ५० पैसा घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अब काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०÷१५० रुपैयाँ पर्नेछ। त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७।५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७।५/१४७।५ रुपैयाँ पर्नेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.