Citizan

पाँच पटक प्रधानमन्त्री बनाउने डडेल्धुरामा के छ पत्ता लगाउन आएको हुं : सभापति लामिछाने

suchana alital
Chure
lali

डडेल्धुराः राष्ट्रिय स्वतन्त्र पार्टीले आज डडेल्धुरामा जनसभा सम्पन्न गरेको छ । पार्टी सभापति रवि लामीछाने डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पांच चोटि प्रधानमन्त्री बनाउने जिल्लामा के छ भनेर पत्ता लगाउन आएको ब्यङ्य गरेका छन । उनले भने पाँच पाँच चोटि प्रधानमन्त्री बनाउने यो डडेलधुरा भुमीमा केही न केही त पक्कै रहेको छ तर त्यो के हो भनेर पत्ता लगाउनु पर्ने भन्दै ब्यङ्य गरेका हुन ।
उनले कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए। गरिब किसानको घरमा जन्मिएर पनि देशको पाँच पाँच पटक प्रधानमन्त्री बनेका देउवाको उनले प्रशंसा गरे। आलोचना गर्न नआएको बनाउँदै रविले देउवाप्रति सटिक व्यङ्ग्य पनि गरे। उनले देउवाले आफ्नो जीवन आफू र आफ्नो परिवारका लागि मात्रै खर्च गरेकोतर्फ इङ्कित गरे।
‘म विशेष धन्यवाद दिन चाहन्छु आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई। एउटा गरिब किसानको छोरो यो देशको प्रधानमन्त्री बन्न सक्छ भने हरेक चिज हुनसक्छ,’ उनले भने, ‘प्रधानमन्त्री भएपछि देशप्रति इमान्दार हुनुपर्‍यो र निष्ठावान् पनि हुनुपर्छ। अब बन्ने डडेल्धुराको नेताले आफ्नो परिवारको लागि भन्दा देश र माटोको लागि खर्च गर्नुपर्छ भन्न म यहाँ आएको हो।’
अर्को प्रसङ्गमा लामिछानेले डडेल्धुराका जनतालाई राजनीतिक दलका कार्यक्रममा सहभागी गराउन खर्च तथा बस नै पठाउनपर्नेपर्ने परिपाटी बसेको बताए। उनले यहाँका जनतालाई रक्सीसमेत खुवाउनुपर्ने भनेर सुनेकोसमेत बताए।
‘यहाँ कुनै दलले कार्यक्रम गर्न गाउँगाउँबाट बसमा मान्छे ओसार्ने, खाना–नास्ताको व्यवस्था गर्नुपर्ने सुनेको छु। त्यत्ति मात्रै नभएर रक्सीसमेत खुवाउनुपर्छ भन्ने सुनेको छु’ उनले भने, ‘तर आज हामीले आयोजना गरेको जनसभामा कसैलाई केही दिएनौं यद्यपि, यो पानीमा झिज्दै यत्रो जनता आउनुभएको छ। त्यसले परिवर्तनको संकेत गरेको छ।’


सरकारले अहिले भ्रष्टाचारका फाइलहरू खेल्ने काम सुरु गरेको छ। तर म यहीँबाट सरकारलाई भन्छु फाइल खोलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र नगर्नुहोला यदि गरेपनि ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन,’ पूर्वगृहमन्त्री लामिछानेले भने, ‘जिस्काउनका लागि फाइनल खेलेजस्तो गर्नुहोला, नेपाली जनताले ध्यान दिएर हेरेका छन्। भुटानी शरणार्थी काण्डमा केही मान्छेहरू थुनिए, जनताहरू त्यो काण्डको जरोसम्म पुगेका हेर्न चाहन्छन्। सरकारले हाङ्गाबिङ्गा मात्रै काट्यो, जरालाई जेल पठाउन बाँकी नै छ।’

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.