यि मापदण्ड पूरा गरे घोषणा गरिन्छ तीन तारे बिद्यालय ,आज बाल कल्याणलाई घोषणा भोलि दुर्गा माविलाई

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका विभिन्न वडाका बिद्यालयलाई तीन तारे बिद्यालय गरिदै आइएको छ । आलिताल गाउँ पालिका /ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा बिद्यालयलाई तीन तारे घोषणा गरिदै आएको हो । आज सम्म आलितालका तीन वटा बिद्यालयलाई तीन तारे बिद्यालय घोषणा गरिसकिएको छ भने भोलि आलिताल ८ डोला मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय भोलि तिनतारे घोषणा हुने भएको हो । तीन तारे घोषणा हुनेमा आलिताल १ को भुवनेस्वरी मा बि हर्तोला तेस्तै गरि आलिताल ४ को कृष्ण कालिका मा बि र आलिताल ५ को बाल कल्याण आधारभुत बिद्यालय रहेको छ ।भने बकि आलिताल ८ हम्तदको जनज्योती आधारभुत बिद्यालय र आलिताल ७ को गौरीशंकर मा.बि.हरुले पनि मापदण्ड पूरा गरि सकेकोले तुरुन्तै तिनतारे घोषणा गरिने जलस्रोत ब्यबस्थापन परियोजना अधिकृत हेम राज पनेरुले बताए ।

विद्यालयलाई तिन तारे घोषणा गर्न दश सूचकहरु पूरा गर्नु पर्ने मापदण्ड रहेको  अधिकृत पनेरुले बताए । उनले भने खानेपानी, शौचालय, सफा, स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद जोखिम व्यवस्थापन, अनुगमन जवाफदेहिता जस्ता मापदण्डहरु पूरा गरिसकेका बिद्यालयलाई हामिले तीन तारे घोषणा गर्ने गरेको बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.