रसुवा बाढीपछि सुदूरपश्चिमका १ सय ४० जना अझै सम्पर्कविहीन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सुदूरपश्चिम प्रदेशका १ सय ४० जना अझै सम्पर्कविहीन रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि सुदूरपश्चिमका १ सय ७६ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये ३६ जना परिवार तथा प्रहरीको सम्पर्कमा आइसकेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले बाढीपछि सम्पर्कविहीन भएका १ सय ७६ जनामध्ये ३६ जना सम्पर्कमा आएको जानकारी दिए।

‘सम्पर्कविहीन भएको भन्दै १७६ जनाको विवरण प्राप्त भएको थियो,’ एसएसपी बिष्टले भने, ‘उनीहरुमध्ये ३६ जना सम्पर्कमा आइसकेका छन्।’

अझै सम्पर्कविहीन रहेका १ सय ४० जनाको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.