Citizan

डडेल्धुराको अमरगढीमा आन्दोलन,मेयरको नाममा मु*र्दावादको नारा

suchana alital
Chure

डडेल्धुराः डडेल्धुराको अमरगढीमा आन्दोलन मच्चिएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा न. १ मालममा नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै मालम गाउँवासीले अमरगढी नगरपालिकामा आन्दोलन गर्दै नगरपालिका घेराउ गरेका छन्।

हिजो ज्ञापनपत्रमार्फत नगरपालिकाको ध्यानाकर्षण गराएता पनि नगरप्रमुख डिल्लीराज जोशीले कुनै चासो नदेखाएको भन्दै आज(सोमबार)उनीहरू नगरपालिकाबिरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

glam &
dipti
Citizan
lali

आन्दोलनकारी स्थानीयले ‘डिल्ली तेरो पाराले दुःख पायो साराले, डिल्लीराज मुर्दावाद, गफाडी मेयर चाहिदैन’ लगायतका नारासमेत लगाएका छन्। बसपार्कबाट जुलुस निकालेर उनीहरू नगरपालिका पुगेका हुन्।

अहिले नगरपालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। तर, नगर प्रमुख डिल्लीराज जोशीले अहिलेसम्म वार्ता गर्ने प्रयास गरेका छैनन्। यद्यपि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले भने प्रदर्शनकारीसँग कुरा गर्ने प्रयास गरिरहेका छन्
नगरप्रमुखले मालम गाउँलाई मसान घाट जस्तै बनाइराखेको स्थानीय नरबहादुर दियालको आरोप छ। उनले भने, ‘हिजो पनि हामी यहाँ पुगेका थियौं। हिजो पनि मेयरको भाइले हामीमाथि आक्रमणको प्रयास गर्यो। आज पनि हाम्रो दीदी बहिनीमाथि आक्रमण ग¥र्यो।’
आन्दोलनकारी स्थानीयले नगरपालिका घेराउ गरेपछि नगर प्रमुख डिल्लीराज जोशी वेपत्ता छन्।
तर, उनीसँग फोनमा कुरा गर्दा उनले आतंककारीसँग वार्ता नगर्ने प्रतिक्रिया दिएका छन्। ‘उनले भने हिजो पनि आतंक मच्चायो। आज पनि आतंक मच्चाउँदै छन्। एक जना मान्छेलाई समेत् कुट्यो,’ उनले भने, ‘आज तीनिहरूले कुट्यो भोली उनीहरूले कुट्यो भने के हुने? त्यही भएर आतंकवादीहरूसँग मेरो कुरा हुँदैन्।


उनले भने नगरपालिकाको समस्या मात्रै होइन्। हाम्रो समस्या पनि हो भनेर बुझ्दिनु पर्छ। हामी व्यवस्थित ल्यान्ड फिल्ड साइड बनाउँनु पर्छं भनेर ६ महिनादेखि लागेका छौं,’ उनले भने, ‘त्यो हाम्रो फाइल संघीय मामिला मन्त्रालयमा पेस भएको छ। त्यो मन्त्री परिषदको निर्णय भइसकेपछि त्योलाई उचित व्यवस्थापन गरेर कुहिनी नकुहिने फोहरको व्यबस्थापन गर्नेछौ ।
पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाए बनाए पछि उक्त क्षेत्र दूषित बनाइरहेको छ जसका कारण सो क्षेत्रमा मनोरञ्जन लिन पिकनिक खान जानेलाई असर परिरहेको छ। त्यतिमात्रै हैन, सोही सडक भएर वडा नम्बर १ बस्ने मालमवासीले पनि नाक थुनेर हिंड्नुपर्ने बाध्यता आइलागेको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.