कृषक समूहहरूसँग घुस मागेको आरोप लागेका कृषि अधिकृतले राजीनामा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी ः सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकममा घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन्। सेवाग्राहीसँग घुस मागेको आरोप लागेका गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका हुन्।

Dadeldhura Hospital

नगरपालिकाको कृषि शाखाका अधिकृतले सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका हुन्।
कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टीकरण मागेको थियो तर स्पष्टीकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आरोप लागेको थाहा भएकै दिन ३ दिने स्पष्टीकरण सोधिए पनि जवाफ प्राप्त नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले बताए। उनले जवाफ पेश गर्नुपर्ने दिन कटेपछि भट्टको राजीनामा पत्र आएको जानकारी दिए।

नगरपालिकाले यही साउन २१ गतेसम्मका लागि भनेर भट्टलाई स्पष्टीकरण सोधेको थियो। तर भट्टले स्पष्टीकरण नदिएर साउन २२ गते नगरपालिकामा राजीनामा पत्र बुझाएका हुन्। उनले आफूले अध्ययन गर्नुपर्ने लगायतका समस्या देखाएर राजीनामा बुझाएको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.