
बैतडीः बैतडीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो।

मंगलबार राति साढे सात बजेको समयमा भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको थियो । सर्पले टोकेर घाइते भएकी घटाललाई अस्पताल लैजानुको साटो झारफुक गर्न वैद्यलाई बोलाइएको थियो ।



झारफुक गराउँदा गराउँदै उनी अचेत भएकी थिइन्। र, उनको राती एक बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए।
