नेपालको चुच्चे नक्सा नसमेटिनु चीनको त्रुटिपूर्ण ब्यबहार:कांग्रेस नेता महर

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

भदौ १५
नेपाली कांग्रेसका नेता नैनसिंह महरले हालै चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण ब्यबहार भएको र यसलाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्ने बताएका छन ।
नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र ने.वि.संघका नेताहरूसंग काठमाडौंमा भएको छलफल कार्यक्रममा बोल्दै नेता महरले चीन नेपालको असल छिमेकी हो तर नेपालको सहमति विना सन २०१५ मा चिन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय ब्यापार सम्झौता गरेको घटना र चिनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चिनसंग नेपालको सिमा समस्या रहेको कुरा स्वयम चिनको व्यबहारबाटै प्रष्ट हुन्छ भन्दै नेता महरले भूगोलको र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठुलो भए पनि
सार्वभौसत्ता ,राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकोले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नु पर्ने बताए ।
ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम गरेको छैन भन्ने कुरा प्रष्टै छ भन्दै उनले अगाडी थपे नेपालको सार्वभौम संसदले पास गरेको चुच्चे नक्शा चीनले आफ्नो नक्शामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कुटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्शा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्ने महरको भनाई थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.