डडेल्धुराको भागेश्वरमा खुल्ला भलिबल प्रतियोगिता हुदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – डडेल्धुरामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । खबरदारी न्युजको आयोजना र डडेल्धुरा युवा मञ्चको प्रर्बद्धनका खेलको आयोजना हुन लागेको हो ।
उक्त कार्यक्रमसंगै रक्तदान, खुल्ला डेउडा, योग शिविर, अग्नी नियन्त्रण सम्बन्धि सचेतना नाटक प्रर्दशनि, कृषि उपज प्रर्दशनी , नृत गायन,पञ्चेबाजा, बैंक वित्तिय सचेतना कार्यक्रम समेत हुने खबरदारी न्युजका अध्यक्ष जनक महराले बताएका छन्। खुल्ला भलिबल प्रतियोगितामा प्रथम टिमले ३७ हजार ३७ रुपैया, द्धितीय हुने टिमले रु १६ हजार १६ रुपैयां र तृतीय हुने टिमले रु ८ हजार ८ सय ८८ रुपैया नगद सहित कप पाउनेछन् । यस्तै डेउडा तर्फ उतकृष्ट २ टिमले नगद सहित सम्मान पाउनेछन् ।

Dadeldhura Hospital

खुल्ला भलिबल कार्यक्रमको सह-आयोजकमा सिपि अस्पाताल धनगढी र नोभा फार्मेसि धनगढी (डडेल्धुरा) रहेका छन् । यस्तै रक्तदान कार्यक्रमको सह आयोजकमा गंगोत्री मेडिकल हल धनगढी, नेक्सेस कलेज धनगढी रहेका छन् । यस्तै डेउडा तर्फ सह आयोजकमा मित्र सिलाई सेन्टर डडेल्धुरा रहेकोछ भने शिर्षक प्रायोजकमा लुनिभा बाल सरोकार डडेल्धुरा रहेका छन् । यस्तै बैंक वित्तिय सचेतना कार्यक्रमको सह-आयोजकमा ग्लोबल आई एम ए बैंक शाखा डडेल्धुरा रहेको छ । यस्तै अग्नी नियन्त्रण सम्बन्धि सचेतना नाटक प्रदशनीमा नेपाल आर्मी डडेल्धुराको सहयोग रहेको कार्यक्रम संयोजक दिपक राज भट्टले बताएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रम यहि भदौ ३१ देखि असोज १ सम्म भागेश्वर गाँउपालिकाको केन्द्र बगरकोटमा रहेको सरस्वति माध्यमिक बिद्यालयमा हुने छ । डडेल्धुरालाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउनुका साथै खेलाडिहरुको प्रोत्साहन बढाउनुका लागि कार्यक्रम आयोजना गरिएको संयोजक भट्टले बताए। कार्यक्रममा मुख्य व्यवस्थापकको रुपमा समाजसेवी विनोद पाण्डेयको सहकार्य समेत रहेको महराले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.