भदौ २३, डडेल्धुराको आलितालमा गौरा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
डोटेली डेउडा सांस्कृतिक प्रतिष्ठान डडेल्धुराको आयोजना र आलितालगाउंपालिका वडा न. ४ को आर्थिक सहयोगमा गौरा बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । डोटेली डेउडा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष राम नाथको अध्यक्षता तथा वडा न. ४ का अध्यक्षको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न स्थानिय कलाकारहरुले डेउडा खेलेर रमाइलो गरेका थिए ।
स्थानिय कला,भाषा तथा सस्कृतिको संरक्षण गर्ने उद्देश्यले गौरा बिशेषलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष कमल बोहराले जानकारी दिए । उक्त कार्यक्रममा बिभिन्न स्थानिय कलाकार ,६ न. वडाका वडाध्यक्ष कुम्भर बुढा,वडा न. ७ का अध्यक्ष बिर बहादुर बोहरा,वडा न. ५ का अध्यक्ष डम्बर ढांट आलिताल गाउंपालिका पूर्व उपाध्यक्ष जला बोगटी, बिभिन्न विद्यालयका शिक्षक,समाजसेवी,बुद्धीजिबि,पत्रकार तथा डेउडा प्रेमीहरुको उपस्थिति रहेको थियो ।