माइतीघर हिडेकी बझाङकी एक महिला दुई हप्ता देखि बेपत्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बझाङ ः बझाङकी एक महिला दुई हप्तादेखि बेपत्ता भएकी छिन्। बझाङको मष्टा गाउँपालिका–५ द्वारीकी मिना बुढा यहीँ भदौ ७ गतेदेखि बेपत्ता भएकी हुन्। मिना यही भदौ ७ गते बिहान घरबाट मष्टा गाउँपालिका वडा नम्बर ३ सेरागाउँमा रहेको माइतीघर जान्छु भनेर घरबाट हिडेकी थिइन्।
लगातार खोजी गर्दा समेत नभेटेपछि जिल्ला प्रहरी कार्यालय बझाङमा समेत खोजी गरिदिन माग गर्दै निवेदन दिएको परिवारिक स्रोतले जनाएको छ।

केही दिनमा घर नफर्किएपछि र्माइतीघरमा सम्पर्क गर्दा उता नआएको भन्ने बुझिएको भतिजो नाता पर्ने सुन्दर बुढाले बताए। बेपत्ता महिलाका दुई छोरा र दुई छोरी छन्। कसैले उनलाई कतै भेटे वा देखेमा नजिकैको प्रहरी अथवा ९८४३३३२७८५ र ९८२२११०६३६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.