कैलालीको भासु भीर क्षेत्रमा मोटरसाइकल दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी कैलालीको भासु भीर क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको छ। शुक्रबार बेलुकी जिल्लाको चुरे गाउँपालिका-५ स्थित भासुक्षेत्रमा मोटरसाईकल दुर्घटना भएको हो।

Dadeldhura Hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट बुडरतर्फ जाँदै गरेको से प ८७२१ मोटरसाईकल आफैं अनियन्त्रित भएर भासु क्षेत्रमा खसेको थियो। दुर्घटनामा परि चालक डोटीको जोरायल गाउँपालिका-१ बस्ने १९ वर्षीय भीबहादुर बिक सुनार र पछाडी सवार सोही ठाउँका ४५ वर्षीय ओमबहादुर बिक घाइते भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अहिले उनीहरूको पदमा अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर रहेको बताइएको छ। मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.