Citizan

दार्चुलामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुदां एक जनाको मृत्यु

suchana alital
Chure

डडेल्धुरा । धनगढीबाट खाद्यान्न बोकेर गएको ट्रक दुर्घटना भएको छ। आज (बिहीबार) बिहान खाद्यान्न बोकेको मिनीट्रक दार्चुलामा दुर्घटना भएको हो।

lali

जिल्लाको महाकाली नगरपालिकाको खलंगाबाट दुहु गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नम्बरको मिनीट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ट्रकमा सवार दुँहु गाउँपालिका वडा नम्बर ३ ब्रहमदेब बस्ने अन्दाजी ४५ वर्षीय करनसिंह बोहराको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

glam &
dipti
Citizan

ट्रक करिब चार सय मिटर तल महाकाली नदी किनारामा खसेको छ। ट्रक चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.