दार्चुलामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुदां एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । धनगढीबाट खाद्यान्न बोकेर गएको ट्रक दुर्घटना भएको छ। आज (बिहीबार) बिहान खाद्यान्न बोकेको मिनीट्रक दार्चुलामा दुर्घटना भएको हो।

Dadeldhura Hospital

जिल्लाको महाकाली नगरपालिकाको खलंगाबाट दुहु गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नम्बरको मिनीट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ट्रकमा सवार दुँहु गाउँपालिका वडा नम्बर ३ ब्रहमदेब बस्ने अन्दाजी ४५ वर्षीय करनसिंह बोहराको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

ट्रक करिब चार सय मिटर तल महाकाली नदी किनारामा खसेको छ। ट्रक चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.