मिनिट्रकमै किशोरीमाथि करणी गरेको आरोपमा ट्रक चालक पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः  बैतडीमा एक किशोरीमाथि  जबरजस्तीकरणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका–७ का महेश ओझालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले बताए।

Dadeldhura Hospital

महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले अन्दाजि १७ वर्षीया  किशोरीमाथि जबरजस्तीकरणी खुलेको छ। ओझाले सोही मिनिट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए। प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन्। बिहीवार राति ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेकोभन्दै उनीविरुद्ध ती बालिकाले प्रहरीमा उजुरी दिएकी छिन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.