parwat hotel
Citizan

आलितालमा क्याम्पस स्थापनाको पहलःसुदूरपश्चिम विश्व विद्यालयको टोलीद्वारा सम्भाव्यता अध्ययन

bhageswar small
Chure

डडेल्धुराको आलितालमा क्याम्पस स्थापनाका लागी सुदूरपश्चिम विश्व बिद्यालयको टोलीले स्थलगत सम्भाव्यता अध्ययन गरेको छ ।
आज ( शुक्रबार) सुदूर पश्चिम विश्व विद्यालय शिक्षाशास्त्रका संयोजक डा. भवान सिह चलाउनेको संयोजकत्वमा आएको टोलीले स्थलगत अनुगमन गरेको हो । संयोजक डा. चलाउनेका अनुसार संचालनको अनुमति मागेको क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसारको भौतिक पूर्वाधार लगायत अन्य पक्षहरु भए नभएको अनुगमन गर्न साथै सरोकारवालाहरुसंग सामान्य छलफल गर्न आएको बताए ।

glam &
Citizan

lali

संयोजक चलाउनेसंगै सुदूरपश्चिम विश्व बिद्यालयका अनुसन्धान निर्देशक डा. दमन बहादुर चलाउने, विशेषज्ञ डा.मदन सिंह देउबा,प्रशासन अधिकृत सन्तोष बिष्ट लगाएतको टोली आलिताल पुगेको थियो । टोलीले आलिताल बहुमुखी क्याम्पस संचालन समितिसंग सामान्य छलफल पनि गरेको छ ।

छलफलमा आलितालमा क्याम्पस स्थापना गर्न के के आवश्यक पर्छ भन्ने विषयमा केन्द्रीत रहेको क्याम्पस संचालन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले बताए । जोशीका अनुसार क्याम्पस स्थापना गर्न आफुहरु लागी परेको र आजको अनुगमनले थप जानकारी पाएको बताए । टोलीको अध्ययन पश्चात आवश्यकताको आधारमा सम्पूर्ण मापदण्ड पूरा भए विश्वविद्यालयको अनुमति पश्चात क्याम्पस संचालनमा आउने समेत जोशीले बताए ।

 

आलितालमा क्याम्पस स्थापनाका लागि चन्दा संकलन गर्दै जनप्रतिनिधिहरु

आलितालमा क्याम्पस संचालनका लागि पालिका अध्यक्ष र उपाध्यक्ष सहित १८ जनाले गरे आर्थिक सहयोगको घोषणा,कस्ले कति ?

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.