सहकारीबाट पैसा चोरी गर्ने दुई जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कार्तिक २६ ः सहकारीबाट रुपैँया चोरी गरेको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ परेका छन् । चोरी गरेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटा हिजो ९शनिवार० पक्राउ परेका हुन् ।

Dadeldhura Hospital

कार्तिक २२ गते राती दोधारा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सोही चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीले बताए।

दुवैजनालाई भीमदत्त नगरपालिका –४ मदनचोकबाट पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनाको साथबाट नगद २ लाख ३ हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला पारेको इन्चार्ज प्रहरी निरीक्षक चौधरीले जानकारि दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.